६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिरहा ३ क मा माओवादी नेता यादव, कास्की २ क मा एमालेका थापा विजयी



२३ मंसिर ।
लहान— प्रदेशसभा क्षेत्र नम्बर ३ क मा वाम गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रामकुमार यादव ११ हजार ४१२ मतसहित विजयी भएका छन् ।

केही बेरअघि सम्पन्न अन्तिम मत परिणामअनुसार आफ्ना निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका मनोजकुमार सिंहलाई ४७९ मत अन्तरले पराजित गर्दै यादव निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी संघीय फोरम नेपालका सिंहले १० हजार ९३३ मत ल्याएको मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए ।

पोखरा— कास्की क्षेत्र नं २ को प्रदेशसभा क मा वाम गठबन्धनका तर्फबाट नेकपा एमाले का उम्मेदवार कृष्ण थापा १५ हजार ३२९ मतसहित विजयी बनेका छन् ।

उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार गुरुप्रसाद बरालले आठ हजार ३२५ मत प्राप्त गरे । विजयी भएपछि थापाले चुनावका दौरानमा आफूले व्यक्त गरेका प्रतिबद्धता पूरा गर्न आफूले सक्दो भूमिका निर्वाह गर्ने बताए ।
रासस

प्रकाशित मिति : २३ मंसिर २०७४, शनिबार ००:००