१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हुम्लाः प्रदेशसभा ‘क’ मा रावल र जुम्लाः प्रदेशसभा ‘ख’ मा रोकाया विजयी



२२ मंसिर
हुम्ला— जिल्लामा प्रदेशसभा ‘क’ मा वाम गठबन्धनका तर्फबाट एमालेका दलबहादुर रावल सात हजार १५८ मत ल्याई विजयी भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका थानबहादुर रोकायाले चार हजार ८११ मत प्राप्त गरे । अहिले प्रदेश ‘ख’ को मत गणना शुरु भएको मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद पौडेलले जानकारी दिए ।

जुम्ला— जुम्ला प्रदेश क्षेत्र नं ख मा वाम गठबन्धनका उम्मेदवार पदमबहादुर रोकाया विजयी भएका छन् ।

नेकपा एमालेबाट उम्मेदवारी दिएका रोकायाले १० हजार ४५८ र उनका निकटतम प्रत्याशी नेपाली कांग्रेसका भीमनिधि हमालले पाँच हजार २८० मत ल्याए । रोकाया २०७० सालको दोस्रो संविधानसभा सदस्यमा कांग्रेसका ललितजंग शाहीबाट ५०० मतले पराजित भएका थिए ।

सत्ताइस हजार ३४४ मत रहेको सो क्षेत्रमा १७ हजार ८२७ मत खसेको थियो । खसेको कूल मतमा ५४४ मत बदर भएको मुख्य निर्वाचन अधिकृत प्रकाश ढुंगानाले जानकारी दिए ।

विसं २०१० असार १० गते साविकको पाण्डवगुफा ४ सिंजा जुम्लामा जन्मेका रोकायाले जुम्ला बहुमुखी क्याम्पस जुम्लाबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् ।

विसं २०३८ देखि नेकपा मालेबाट राजनीतिक जीवन शुरुवात गरेका उनी हाल एमालेको राष्ट्रिय हित सुरक्षा प्रबन्धक विभागको सदस्य हुन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००