१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुम पूर्वका दुवै प्रदेशसभामा वाम गठबन्धनका उम्मेदवार विजयी



२२ मंसिर, रुकुम ।
रुकुम पूर्वका दुवै प्रदेशसभा सदस्यमा वाम गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । प्रदेशसभा क्षेत्र नं क मा आफ्ना प्रतिस्पर्धी नेकाका दूतकुमार पुनलाई तीन हजार २८३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका तेजबहादुर ओली विजयी भएका हुन् ।

विजयी ओलीले पाँच हजार ४२७ मत प्राप्त गर्दा पुनले दुई हजार १४४ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दुर्गाबहादुर भुसालले जानकारी दिए ।

यस्तै, प्रदेशसभा क्षेत्र नं ख मा पनि नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । आफ्ना प्रतिस्पर्धी नेकाका दत्तबहादुर बस्नेतलाई दुई हजार ७०५ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती विजयी भएका उनले बताए ।

विजयी घर्तीले पाँच हजार ८१६ मत प्राप्त गर्दा बस्नेतले तीन हजार १११ मत प्राप्त गरेका छन् । एक प्रतिनिधिसभा र दुई प्रदेशसभा निर्वाचन क्षेत्र रहेको रुकुम पूर्वमा प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिएपछि अब समानुपातिक तर्फको मतगणना शुरु गरिएको छ । यसअघि, यहाँबाट प्रतिनिधिसभा सदस्यमा बाम उम्मेदवार कमला रोका विजयी भइसकेका छन् ।
रासस

प्रकाशित मिति : २२ मंसिर २०७४, शुक्रबार ००:००