८ बैशाख २०८१, शनिबार | Sun Apr 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पर्सामा ६५ प्रतिशत मतदान



२१ मंसिर, वीरगन्ज ।
प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पर्सा जिल्लामा ६५ प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले दुर्गम क्षेत्रका मतदान अधिकृतसँग सम्पर्क हुन नसकेकाले प्रतिशत केही घटबढ हुनसक्ने बताएका छन् ।

दुई लाख ९९ हजार ५४ मतदाता रहेको जिल्लाका मतदाताले १७६ मतदानस्थल तथा ३५१ मतदान केन्द्रबाट आफ्नो मताधिकारको प्रयोग गरेका छन् ।

सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान भएको छ । मतदानपछि आजै अबेर रातिसम्म मतपेटिका सदरमुकाम वीरगञ्ज ल्याइने र शुक्रबार बिहानदेखि मतगणना हुने बताइएको छ ।
रासस

प्रकाशित मिति : २१ मंसिर २०७४, बिहिबार ००:००