१५ चैत्र २०८०, बिहिबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने



१९ मंसिर, कैलाली ।
सरकारका प्रवक्ता मोहनबहादुर बस्नेतले चुनावलगत्तै प्रदेशको अस्थायी राजधानी तोकिने बताएका छन् । नेपाल प्रेस युनियन कैलालीद्वारा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावपछि प्रदेश प्रमुख नियुक्त गरिने जानकारी पनि दिए ।

यही मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सुरक्षाको पूर्ण व्यवस्था भएकाले ढुक्क भएर मतदानमा सहभागी हुन उनले मतदातालाई आह्वान गरे ।

फरक प्रसंगमा सूचना तथा सञ्चारमन्त्री बस्नेतले सञ्चारमाध्यमको गुणस्तरीयता बढाउन सरकारबाट दिइने सुविधा वृद्धि गरिने जानकारी दिँदै सरकारले सबै प्रदेशमा आमसञ्चारका संयन्त्र विस्तारमा आवश्यक गृहकार्य गरिरहेको बताए ।

मन्त्री बस्नेतले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष एवं भयरहित वातावरणमा सम्पन्न गर्न आमसञ्चारमाध्यमको महत्वपूर्ण भूमिका हुने बताउँदै सोहीअनुसार जिम्मेवार तरिकाले समाचार संकंलन तथा सम्पेषण गर्न आग्रह गरे ।
रासस

प्रकाशित मिति : १९ मंसिर २०७४, मंगलबार ००:००