१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रदेश २ मा मधेशी गठबन्धनको बहुमतः अध्यक्ष यादव



१८ मंसिर, राजविराज ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं प्रतिनिधिसभा सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवले प्रदेश नं २ को प्रदेशसभामा आफूहरुको बहुमत आउने दाबी गरेका छन् ।

संघीय प्रेस फोरम सप्तरीद्वारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष यादवले प्रदेश नं २ मा मधेशी गठबन्धनको बहुमत आउने र प्रतिनिधिसभामा पनि मधेश गठबन्धनको सम्मानजनक स्थान आउने विश्वास व्यक्त गरेका हुन् ।

अध्यक्ष यादवले आफू जन्मेको जिल्लामा चुनावी प्रचारप्रसार गर्न जाँदा जिल्लाको अवस्था अत्यन्त जर्जर देखेकाले अब समृद्ध बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित हुने बताए ।
रासस

प्रकाशित मिति : १८ मंसिर २०७४, सोमबार ००:००