५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१२० स्थानीय तहमा अझै बैंक पुगेन



 

स्थानीय खबर संवाददाता
काठमाडौं, १५ मंसिर

सरकारले मुलुकका सबै स्थानीय तहमा बैंक स्थापना गर्ने लक्ष्य राखे पनि अझै १ सय २० स्थानीय तहमा बैंक स्थापना हुन सकेको छैन । नेपाल राष्ट्र बैंकका गर्भनर चिरञ्जिवी नेपालले पछिल्लो बैंकको उपस्थिति बढे पनि ती स्थानीय तहमा बैंक स्थापना हुन बाँकी रहेको बताए । आर्थिक पत्रकार समाज (सेजन) को बार्षिक कार्यक्रममा उनले यो जानकारी दिएका हुन् ।

तस्बिरः सेजन

“२ बर्ष अघि ४० प्रतिशत मात्र बैंकिङ पहुँच थियो । अहिले ८५ देखि ९० प्रतिशतमा पहुँच पुग्यो,” उनले भने, “जसरी भए पनि बैंक पु¥याउनु पर्ने बाध्यता छ । ढिलो चाँडो बाँकी स्थानीय तहमा पनि पुग्छ ।”

मुलुक संघीय व्यवस्थामा प्रवेश गरिसकेको र वित्तीय स्रोत गाउँसम्म जाने भएकाले बैंक पु¥याउनुको विकल्प नरहेको उनले बताए । स्रोत गाउँसम्म जाने हुँदा आर्थिक पत्रकारहरूले अब गाउँ–गाउँको वित्तीय परिचालनबारे लेख्नु पर्नेमा जोड दिए ।

प्रकाशित मिति : १५ मंसिर २०७४, शुक्रबार ००:००