१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधानको सफल कार्यान्वयनका लागि निर्वाचनः नेम्वाङ



१२ मंसिर, इलाम । पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ का प्रतिनिधिसभाका उम्मेदवार सुवास नेम्वाङले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपश्चात् मात्र देशमा विकास र समृद्धिको ढोका खुल्ने बताएका छन् ।

वाम गठनबन्धनले इलाम नगरपालिकाको बरबोटेमा आज आयोजना गरेको चुनावी सभामा उनले संविधानसभाबाट संविधान मात्र बनाएर नपुग्ने भएकाले यसको सफल कार्यान्वयनका लागि स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन आवश्यक रहेकाले निर्वाचन हुन गइरहेको बताए ।

“वाम गठबन्धनले यो निर्वाचनपछि एक भएर सरकार निर्माण गर्छ र त्यो सरकार पाँच वर्ष चल्छ,” उनले भने । इलाम २ नं क्षेत्रको विकासका लागि विगतमा पनि आफूले धेरै पहलकदमी लिएको र अहिले पनि केन्द्रमा निरन्तर खबरदारीसमेत गरिरहेको दाबी गरे ।

उहाँले राजनीतिक स्थायित्व र आर्थिक समृद्धि अहिलेको आवश्यकता रहेको बताउँदै आगामी दिनमा पनि विकास निर्माणलाई प्राथमिकता दिने प्रतिबद्धता जनाए । रासस

प्रकाशित मिति : १२ मंसिर २०७४, मंगलबार ००:००