५ बैशाख २०८१, बुधबार | Wed Apr 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस उम्मेदवारद्वारा सुरक्षाको माग



११ मंसिर, भक्तपुर ।
आगामी मंसिर २१ गतेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिदै गर्दा उम्मेदवारको घरलाई लक्षित गरी बम विस्फोट गराएपछि उनीहरुले सुरक्षाको माग गरेका छन् ।

क्षेत्र नं १ को प्रदेश क मा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री र क्षेत्र नं २ को प्रदेश ख मा कांग्रेसकै उम्मेदवार गणेशमान चक्रधरको घरलाई लक्षित गरी शनिबार साँझ प्रेसर कुकर बम विस्फोट गरिएपछि उनीहरुले सुरक्षाको माग गरेका हुन् ।

बम विस्फोटको घटनाले परिवारका सदस्यहरुलाई आतंकित बनाएको प्रदेशसभा ख का कांग्रेस उम्मेदवार अनिल भूजुले बताए । प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेललाई भेटेर सुरक्षाको माग गर्दै प्रत्येक दिन राति उम्मेदवारको घर तथा टोलमा प्रहरी गस्ती गर्न आग्रह गरिएको उनले बताए ।

विशेषगरी कांग्रेसका उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराएकोप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेस चाँगुनारायण नगरसमितिका संयोजक यादवप्रसाद अधिकारीले बताए ।
रासस

प्रकाशित मिति : ११ मंसिर २०७४, सोमबार ००:००