१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वाम एकता धर्तीको कुनै ताकतले रोक्न सक्दैनः खनाल



 

६ मंसिर, इलाम । पूर्वप्रधानमन्त्री तथा इलाम क्षेत्र नं १ का उम्मेदवार झलनाथ खनालले वाम शक्तिबीच एकता धर्तीको कुनै पनि शक्तिले रोक्न नसक्ने दाबी गरेका छन् ।

इलामको माइजोगमाई गाउँपालिका–६ प्याङमा मंगलबार भएको कार्यक्रममा उनले पार्टी एकतासमेत हुने बताए । पार्टी एकताको बिषयमा विपक्षी पार्टीले नकारात्मक प्रचार गरेको आरोप नेता खनालले लगाए ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि संविधान पूर्ण कार्यान्वयन हुने उल्लख गर्दै उनले यस क्षेत्रको परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गर्दै लैजाने प्रतिवद्धता ब्यक्त गरे ।

उनले लोकतान्त्रिक विकास र समृद्धि कम्युनिष्टको एजेण्डा भएको र देशमा अव आउने परिवर्तनको नेतृत्व पनि वाम गठबन्धनले नै गर्ने बताए । रासस

प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ००:००