९ माघ २०८२, बिहिबार | Thu Jan 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनकपुरलाई राजधानी बनाउन कांग्रेस पार्टीभित्र गृहकार्य शुरु भइसकेको छः निधि



४ मंसिर, महेन्द्रनगर— धनुषा ।
नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधामलाई वर्तमान अवस्थामा प्रदेश नं २ को राजधानी बनाउन नेपाली कांग्रेसभित्र गृहकार्य शुरु भइसकेको बताएका छन् ।

धनुषा क्षेत्र नं ३ प्रतिनिधिसभाका उम्मेदवार निधिले चुनावी प्रचार प्रसारका क्रममा जनकपुर उद्योग वाणिज्य संघमा आयोजित चुनावी सभामा बोल्दै जनकपुरलाई प्रदेशको राजधानी बनाउन कांग्रेसले केन्द्रमा लबिङ शुरु गरिसकेको जानकारी गराए ।

उनले भने, “प्रदेशको राजधानी बनाउनु चानचुने कुरा होइन । गम्भीर प्रयास र सहयोगको खाँचो छ र जनकपुरलाई राजधानी बनाउन म लागिपरेको छु ।”

प्रदेश नं २ को राजधानी बनाउनु आफ्नो प्रमुख एजेण्डा रहेको बताउदै निधिले भने, “राजधानी बनाउन पूर्वाधार आवश्यक हुन्छ, केही व्यापारीले जनकपुर चुरोट कारखानाको सम्पत्ति खरिद गर्ने प्रयास गरिरहेको बेला स्थानीय प्रशासनको मातहतमा ल्याएको छु ।”

निधिले जटही–ढल्केबर व्यापारिक मार्ग निर्माण कार्य जारी रहेको बताउँदै निर्माण कार्य पूरा हुनासाथ जनकपुर व्यापारिक केन्द्र बन्ने निश्चित रहेको बताए । निधिले व्यापारिक मार्ग निर्माणका साथै सीमा क्षेत्रमा नाका सञ्चालन भए लगत्तै स्थानीय व्यापारीलाई आयात निर्यात गर्न सहज हुने बताए ।
रासस

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार ००:००