२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल कम्युनिष्ट पार्टी चितवनका इन्चार्ज बिसी पक्राउ



४ मंसिर, चितवन ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको छ । नारायणगढ बजार क्षेत्रबाट बिसीलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभु ढकालले जानकारी दिए ।

चुनावी कार्यक्रममा आक्रमण गर्ने कार्यहरु बढ्दै जान थालेपछि चितवनमा त्यस्ता घटना हुन नदिन बिसीलाई पक्राउ गरिएको उनले बताए । नेपाल कम्युनिष्ट पार्टीले देशव्यापी रुपमा चुनाव विरोधी अभियान थालेको छ । देशका विभिन्न ठाउँमा उम्मेदवारमाथि आक्रमणका घटनासमेत भएका छन् ।

चितवनमा शान्तिपूर्ण तवरले चुनावी अभियान सम्पन्न गर्न प्रहरीले नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यक्रता पक्राउ गरेको जनाएको छ । यसअघि चितवन प्रहरीले टाँडी र भरतपुरबाट सोही पार्टीका दुई जनालाई नियन्त्रणमा लिएको थियो ।
रासस

प्रकाशित मिति : ४ मंसिर २०७४, सोमबार ००:००