२ बैशाख २०८१, आइतबार | Sun Apr 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संंविधानको सीमा र मर्यादालाई ख्याल गर्न कानून व्यवसायीकाे अाग्रह



 

मंसिर २, भद्रपुर । झापाका कानुन व्यवसायीहरूले संविधानको सीमा र मर्यादाभित्र बसेर चुनावी प्रचार प्रसार गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठनले चन्द्रगढीमा आयोजना गरेको कार्यक्रममा अधिकांश कानून व्यवसायीले संविधानको मर्म र भावना अनुरुप मर्यादाभित्र बसेर चुनावी प्रचारप्रसार गर्न लोकतान्त्रिक गठबन्धनलाई आग्रह गरेका छन् । ।

झापाका वरिष्ठ अधिवक्ता दामोदर सापकोटाले लोकतान्त्रिक गठबन्धनका नेता शेरबहादुर देउवाले चुनावीसभामा बोलेको भनाई नेपालको संविधानको भाग ३१ को धारा २७४ को उपधारा १ को प्रतिकूल रहेको दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धनले चुनाव जिते एकदलीय तानाशाह आउन सक्ने अभिव्यक्ति दिएको थियो ।

प्रधानमन्त्रीसमेत रहनुभएका लोकतान्त्रिक गठबन्धनका नेता देउवाले संविधानकै भावनाको प्रतिकूल हुने गरी दिएको अभिव्यक्ति आफँैमा नसुहाउने अर्का वरिष्ठ अधिवक्ता टंक उप्रेतीको भनाई छ ।

भेलामा प्रगतिशील तथा पेशागत कानून व्यवसायी संगठन र आरपीएलएमा आबद्ध कानून व्यवसायी वरिष्ठ अधिवक्ता कुलप्रसाद दाहाल, लेखनाथ निरौला, गजेन्द्र आचार्य, नारायण भट्टराई र अधिवक्ता कालीप्रसाद सञ्जेललगायतले धारणा राखेका थिए । रासस

प्रकाशित मिति : २ मंसिर २०७४, शनिबार ००:००