काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाले एकीकृत विकासको अवधारणा अनुरुप काम थाल्नुपर्नेमा जोड दिएका छन् । काठमाडौँ महानगरपालिकाको प्रथम नगरसभाको शुभारम्भ गर्दै उनले कामनपाले काठमाडौँ उपत्यकाभित्र रहेका ललितपुर महानगरपालिका लगायतका अन्य नगरपालिकालाई समेटेर सो अवधारणा अनुरुप विकास थाल्नुपर्ने बताएका हुन् । विकासको काम गर्दा आधुनिकताको नाममा आफ्ना गौरवपूर्ण संस्कृतिको पनि ख्याल…