गुल्मी ९ असोज । सुख्खा पहिरो गएपछि गुल्मीको तम्घास–रिडी सडक खण्ड सोमबार बिहानदेखि अवरुद्ध बनेको छ । रेसुंगा नगरपालिका १३ स्थित दुबिचौर नजिकै भंगारीमा सोमबार बिहान अचानक सडक माथिबाट ठूलो पहिरो खसेपछि उक्त सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध बनेपछि तम्घासबाट पाल्पा, बुटवल र काठमाडाँै सम्म जाने सम्पूर्ण सवारी साधन र सयौँ यात्रु बीचबाटोमै…