बाबियाचौर— म्याग्दी, ९ असोज । हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसंग जोड्ने बेनी–जोमसोम सडक छ दिनपछि पुनः सञ्चालनमा आएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ काभ्रेभिरमा सुख्खा पहिरो खसेपछि गत बुधबार दिउँसोदेखि ७६ किमी दूरीको सडकमा सिधा सवारी सञ्चालन बन्द भएको थियो । पहिरो पन्छाएपछि सोमबार दिउँसोबाट यातायातका साधन सञ्चालन हुन थालेको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद…