सरकारले स्थानीय चुनावको मिति घोषणा गरेपछि त्यसप्रति गाविस महासंघ, नगरपालिका संघ र जिविस महासंघले स्वागत गरेको छ । तीन वटै संघ/महासंघले बुधवार विज्ञप्ति जारी गरि वि.सं २०५९ असार मसान्तदेखि सबै स्थानीय निकाय जनप्रतिनिधीविहीन भएको र त्यहीबेला देखि आफूहरूले स्थानीय चुनाव हुनुपर्ने माग राखेको बताएका छन् । निर्वाचनको मिति घोषणा भएकाले आफूहरू उत्सहित भएको विज्ञप्तिमा उल्लेख…