११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४७ जिल्लाबाट ४ सय ३० स्थानीय तहको प्रस्ताव



  • स्थानीय खबर संवाददाता 
काठमाडौं, २३ कात्तिक 
मंगलबार साँझ साढे ६ बजेसम्ममा ४७ जिल्लाबाट ४ सय ३० वटा स्थानीय तह प्रस्ताव गरिएको छ । 
स्थानीय तह पुनर्संरचना आयोगका अनुसार मंगलबार प्रतिवेदन बुझाउने जिल्लाहरूमा झापा, ओखलढुङ्गा, धादिङ, रामेछाप, मोरङ, कैलाली र मकवानपुर छन् ।
आयोगका शाखा अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार डडेल्धुरा र रोल्पाले तोकिएको अधिकतम् सीमाभन्दा १/१ वटा बढी स्थानीय तह प्रस्ताव गरेका छन् । 
आयोगले डडेल्धुरालाई ४ देखि ६ वटा र रोल्पाको प्राविधिक समितिलाई लाई ७ देखि ९ वटा स्थानीय तह तोक्न निर्देशन दिएको थियो । 
कतिपय जिल्लाले भने अधिकतम् सीमाभन्दा संख्या घटाएर पनि प्रस्ताव गरिएको छ । दाङलाई आयोगले अधिकतम् १३ वटा स्थानीय तह तोक्ने सीमा दिएको थियो ।
 दाङले १० वटा प्रस्ताव गरेको छ । विकल्पमा १२ वटाको पनि प्रस्ताव गरेको छ । दाङमा घोराही र तुल्सीपुरलाई उपमहानगरपालिका प्रस्ताव गरिएका कारण स्थानीय तह घटेको हो । 
  
यसैगरि अर्घखाँची, भक्तपूर, दोलखा र चितवनले अधिकतम् सीमाभन्दा २/२ वटा स्थानीय तह कम प्रस्ताव गरेका छन् । 
यसैगरि, बाँके, रोल्पा, कास्की, इलाम, झापा र सिन्धुपाल्चोकले १/१ वटा कम प्रस्ताव गरेका छन् । 
आयोगले यस हप्ताभित्र सबै जिल्लाबाट प्रस्ताव संकलन गरिसक्ने जनाएको छ । 
आयोगले देशभर  स्थानीय तहको संख्या ५ सय ७ देखि ७ सय ४४ सम्म निर्धारण गर्ने घोषणा गरिसकेको छ । बढी संख्या प्रस्ताव गर्नेको तुलनामा घटाउने जिल्ला धेरै भएकाले देशभर स्थानीय तहको संख्या ७२० देखि ७३० सम्म निर्धारण हुने देखिन्छ ।  

मंगलबार साँझ आयोगले तयार पारेको प्रस्तावित स्थानीय तहको सुची । कैफियतअन्र्तगत रहेका माइनस संख्याले अधितम् सीमाभन्दा कम तह प्रस्ताव गरेका हुन् । प्लस संख्याले बढी प्रस्ताव गरेका हुन् । प्रस्तावअर्न्तगतको सुची खाली रहेका जिल्लाहरूले भने प्रतिवेदन बुझाएका छैनन् । स्रोतः स्थानीय तह पुनर्संरचना आयोग । 

प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलबार ००:००