धुलिखेल, ७ वैशाख । स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्न यहाँका केही शिक्षकले शिक्षण पेसाबाट राजीनामा दिएका छन् । जिल्ला शिक्षा कार्यालयका विद्यालय व्यवस्थापन शाखाका प्राविधिक सहायक देवीप्रसाद दाहालका अनुसार बुधबारसम्म आठ जना शिक्षकले राजीनामा दिएका छन् । उनीहरुले घरायसी कारण देखाएर राजीनामा दिएका छन् । राजीनामा दिने शिक्षकहरुमा हिमालय मावि बनेपाका निर्मला श्रेष्ठ, बज्रयोगीनी प्रावि…