रत्ननगर, चितवन । स्थानीय तह निर्वाचनको चहलपहल चितवनमा बढेको छ । यहाँका चोक–चौतारा, चियापसल, दोकान तथा होटलमा निर्वाचनकै बारेमा कुराकानी हुने गरेको छ । भरतपुर, नारायणगढ, रत्ननगर, माडी, पर्सा, भण्डारा, खैरहनीलगायत क्षेत्रका चोक–चौतारामा दुईजना भेट हुने बित्तिकै निर्वाचनकै बहस हुने गरेको छ । चोक चौतारा र चियापसल मानिसको जमघट हुने भएकाले त्यहाँ निर्वाचनसम्बन्धी छलफल हुने…