भोजपुर, आन्तरिक विवादका कारण उम्मेदवार टुङ्गो लगाउन लामो समय लगाएका भोजपुरका राजनीतिक दलले चुनावी अभियान सुरु गरेका छन् । नेपाली कांग्रेसले भोजपुर सदरमुकामबाट बिहीबार र्यालीसहित विशाल शक्ति प्रदर्शन गरी अभियान सुरु गरेको छ । दोस्रो चरण निर्वाचनको मिति नजिकिँदै जाँदा चुनावी कार्यक्रमलाई तीव्रता दिन लागेको भोजपुर नगरपालिकाको प्रमुख पदका कांग्रेस उम्मेदवार कैलाशकुमार आलेले जानकारी दिए…