ओमनारायण देवकोटा सरावल गाउँपालिका उत्तरमा चुरेदेखि दक्षिणमा भारतको सीमासम्म फैलिएको छ । त्यसैले यहाँ तीन किसिमको समुदाय छन् । उत्तरी क्षेत्रमा पहाडी समुदायका खास आर्य, बीचमा थारु र दक्षिणमा मधेसी समुदायको बसोबास छ । यी समुदायहरू बीचमा शिक्षा, स्वास्थ्य, दैनिक जिवनयापनको अवस्था फरक छ । त्यसैले यहाँ मातृशिशु स्वास्थ्यको अवस्था पनि समुदायअनुसार फरक छ ।…