१८ पुस, बाजुरा । सडक सञ्जाल जोडिएपछि जिल्लाका अधिकांश झोलुङ्गे पुल जीर्ण बन्दै गएका छन् । सडक सञ्चालन भएपछि बाढी आएका बेला तर्नलाई बनाइएका झोलुङ्गे पुल पछिल्लो समय प्रयोगमा नआउने गरेको पाइएको छ । बाजुराको बूढीगंगा नगरपालिकामा पर्ने बाजुरा–अछाम जोड्ने इकडिगाडको पुल, बार्जुगाड र गुइगाड रहेका झोलुङ्गे पुल सडक निर्माणपछि प्रयोग गर्न छोडेको स्थानीयवासी तपेश…