२४ माघ, काठमाडौं । सरकारले राष्ट्रिय गैरसरकारी संस्था (एनजिओ) र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)को अनुगमन र नियमनमा कडाई गर्ने तयारी गरेको छ । गृहमन्त्री रामबहादुर थापा, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा तथा दुवै मन्त्रालयका पदधिकारीबीच गृह मन्त्रालयमा बसेको बैठकले एनजिओ र आइएनजिओको गतिविधि निगरानी नहुँदा विकृति बढ्दै गएको निर्ष्कष निकालेको छ…