२५ जेठ, विराटनगर । विराटनगर महानगरपालिकाभित्र भइरहेको विकास निर्माण कार्यलाई सहजता पु¥याउनका लागि भिडियो ड्रोन क्यामराको प्रयोग गरिने भएको छ । महानगरपालिकाभित्र विगतमा भएका र भविष्यमा हुने विभिन्न विकास निर्माण कार्यको अनुगमन कार्यका लागि अत्याधुनिक प्रविधि युक्त ड्रोनको माध्यमबाट तस्वीर लिन लागिएको हो । महानगरपालिकाका प्रमुख भीम पराजुलीले बिहीबार जतुवास्थित फोहर पानी प्रशोधन प्लान्टबाट…