१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कम विद्यार्थी भएका सामुदायिक विद्यालय गाभिदै



 

२४ जेठ, तुलसीपुर ।
तुलसीपुर उपमहानगरपालिकाले नगरपालिकाभित्र रहेका कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई गाभ्ने प्रक्रिया अगाडि बढाएको छ । लामो समयदेखि चल्दै आएको भए पनि विद्यार्थी संख्या अति न्यून रहेका सामुदायिक विद्यालयलाई उपमहानगरपालिकाले कार्यविधि बनाएर गाभ्ने प्रक्रिया अगाडि बढाउएको हो ।

पहिलो चरणमा दुई विद्यालय गाभ्ने निर्णय गरेको शिक्षा समितिका संयोजक देवराज विश्वकर्माले जानकारी दिए । उनका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ भेलाहीमा रहेको नेत्रज्योति प्राविलाई आधारभूत विद्यालय लक्ष्मीपुरमा र वडा नं ३ मा रहेको प्रावि थापापानीलाई मावि प्रतापकोटमा गाभिएको हो ।

अन्य विद्यालयले पनि गाभिनका लागि निवेदन दिएको र त्यसलाई क्रमशः अनुगमन गरेर कार्यान्वयन गरिने बताइएको छ । गाभिएका विद्यालयमा रहेका शिक्षकलाई आवश्यकता अनुसार विभिन्न विद्यालयमा पठाइने पनि संयोजक विकले बताए ।

यसैबीच तुलसीपुर उपमहानगरपालिकामा बसेको शिक्षा समितिको बैठकले विद्यालयमा हुने सांस्कृतिक कार्यक्रममा बालमनोविज्ञानमा नकारात्मक असर पार्नेखालका गीत र नृत्य प्रस्तुत नगर्न आग्रह गर्ने निर्णय गरेको छ ।

बालबालिकालाई सस्ता, भद्दा र अश्लील खालका गीतमा नृत्य गराउनाले उनीहरुको मनोविज्ञानमा नकारात्मक प्रभाव पर्ने भन्दै बैठकले राष्ट्रिय भावधाराका गीतमा नृत्य गर्नका लागि आग्रह गर्ने समेत निर्णय गरेको छ ।

यसैगरी शिक्षक महासंघले बुझाएका विरोध तथा मागपत्र अध्ययन गरेर स्थानीय तहले गर्ने भनेका कुरा स्थानीय तह र संघ र प्रदेशले गर्ने कुराका लागि सिफारिस गर्ने निर्णयसमेत गरेको छ ।
रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार ००:००