८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मझौला व्यवसाय आर्थिक विकासको आधार: अध्यक्ष दाहाल



२४ जेठ, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले साना तथा मझौला उद्योगको व्यवसाय विस्तार गर्न सके ठूला उद्योगको विकासमा सहयोग पुग्ने बताएका छन् ।

साना तथा मझौला व्यवसायी महासंघ नेपालको १५औँ स्थापना दिवस आयोजित कार्यक्रममा अध्यक्ष दाहालले साना तथा मझौला व्यवसाय आर्थिक विकासको आधार भएकाले यसलाई व्यवस्थित गर्दै लैजानु पर्नेमा उनले जोड दिए ।

उहाँले अहिले देशमा दुई तिहाइ बहुमतको स्थिर सरकार भएकाले देशको आर्थिक विकास अभियानमा सबै मिलेर लाग्नुपर्ने दहालले बताए । साथै, दहालले छिमेकी राष्ट्र भारत र चीनसँगको सम्बन्ध राम्रो भएकाले दुवै देशको आर्थिक विकासबाट लाभान्वित हुने दाबी गरे ।

उनले कृषि, पर्यटनलगायतका अन्य व्यवसायको सम्भावना हेरेर स्वदेशमा रोजगारीको वातावरण सिर्जना गर्नसके विदेशिएका कैयौँ युवा स्वदेश फर्काउन सक्ने पनि दहालको दाबी छ ।

कार्यक्रममा महासंघका अध्यक्ष बाबुकाजी महर्जनले समृद्व नेपाल निर्माणका लागि महासंघले ‘एक घर एक व्यवसाय’ भन्ने नारा ल्याएको भन्दै यसलाई व्यवस्थित गर्न महासंघ लागिपरेको बताए । कार्यक्रममा दाहालले महासंघद्वारा प्रकाशित ‘एसएमई फोकस’ नामक पुस्तकको विमोचन गरे । रासस

प्रकाशित मिति : २४ जेष्ठ २०७५, बिहिबार ००:००