१३ असार, म्याग्दी । स्थानीय मालिका गाउँपालिका–४ ओखरबोटमा अविरल वर्षासँगै गएराति आएको बाढी र पहिरोले दुईवटा खानेपानी आयोजना बगाएको छ । वास परियोजना अन्तर्गत गत वर्ष निर्माण गरिएको लोसरिबाङ खानेपानी आयोजना र महभिर खानेपानी आयोजनाको मुहानको ट्याङ्की सहित पाइपसमेत बगाएपछि खानेपानीको समस्या भएको वडाध्यक्ष दिलीप शेरचनले बताए । उनका अनुसार खानेपानी आयोजना अवरुद्ध भएपछि…