१३ माघ २०८२, सोमबार | Mon Jan 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुग्लिन–नारायणघाट खण्डको चारकिलोमा पहिरो खस्यो, फेरी सडक अवरुद्



नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलो भन्ने ठाउँमा आज बिहान ६ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । नारायणगढ—मुग्लिन सडकखण्डका सूचना अधिकारी शिव खनालका अनुसार पहिरो ठूलो भएकाले पन्छाउन समय लाग्नेछ ।

पहिरो खसेलगत्तै पन्छाउने काम अघि बढेको पनि उनले जानकारी दिए । थप पहिरो नखसेमा बिहान ११ बजेसम्ममा पन्छाउन सकिने उनले बताए । सोही सडकमा मंगलबार बिहान पहिरो खसेपछि ११ घण्टा सवारी आवागमन अवरुद्ध भएको थियो ।

बेलुका ४ बजे पहिरो पन्छाएपछि रातभर सवारीको लाम र जामका कारण यात्रुहरूले हैरानी बेहोरेका थिए । आज बिहान पुनः पहिरो खसेपछि यात्रुहरू रोकिएका छन् ।

सरकारले उच्च जोखिममा रहेका भनिएका मध्ये यो एउटा सडकखण्ड पनि हो । सडक विस्तारका क्रममा रहेकाले यो सडकखण्डको भुई कालोपत्रे भएको भएपनि समय समयमा खस्ने पहिरोका कारण सडक जोखिमपूर्ण छ । रासस

प्रकाशित मिति : १३ असार २०७५, बुधबार ००:००