भदौ २३, चौतारा । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा लिफ्टिङ प्रबिधीबाट पानी बितरण गरिने भएको छ । नगरपालिकाको ३ वटा वडालाई समेट्ने गरी आयोजना निर्माण हुनेछ । ‘जाडेखोला, टुनिकोट हर्रे साँगाचोक लिफ्टिङ खानेपानी आयोजना’ २ वर्षभित्र सम्पन्न गर्नेगरी सगरमाथा कन्ट्रक्सन कम्पनीले १५ करोड ६८ लाखमा निर्माणको ठेक्का पाएको छ । सो आयोजनाबाट…