२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रुकुमको चौरजहारीमा खानेपानीको समस्या



 

भदौ २२, मुसिकोट । नेपालकै दश नमूना शहरमध्ये रुकुम पश्चिमको चौरजहारीमा खानेपानीको समस्या बढेको छ । तोकिएको समयमा भेरी नदीको पानी लिफ्टमार्फत चौरजहारीमा नपु¥याउँदा लामो समयदेखि खानेपानीकोे समस्या बढेको हो ।

नमूना शहरको रूपमा विकसित भइरहेको यस क्षेत्रमा गत वर्षको फागुनमा लिफ्टमार्फत भेरी नदीको पानी वितरण गर्ने भनिए पनि अहिलेसम्म पानी नपु¥याउँदा स्थानीयवासीले अटोरिक्सा र गाडीलाई पैसा तिरेर पानीको जोहो गर्नुपरेको स्थानीयवासी लिलावती रानाले बताइन् ।

बजार क्षेत्रमा भएका पाइपलाइनका धाराबाट दिन बिराएर खानेपानी भर्नुपर्ने र पानी भर्नकै लागि तीन दिनदेखि पालो कुर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

वर्षौँ देखि खानेपानीको समस्याले पीडित चौरजहारीवासीलाई अहिलेको स्थानीय सरकारले समेत वास्ता नगरेको स्थानीय वीरबहादुर गिरीको गुनासो छ ।

चौरजहारी नगरपालिका १, २ र ३ का करीब १ हजार २०० घरधूरीले यो समस्याका कारण हिउँदमा ठूली भेरी नदीको दूषित पानी पिउन बाध्य हुँदै आएका छन् ।

ती स्थानमा लिफ्टमार्फत ‘एक घर, एक धारा’ वितरण गर्ने भनिए पनि प्रविधिले साथ नदिएकाले लक्ष्यअनुसार काम गर्न नसकिएको नगरपालिकाले जनाएको छ ।

अब यहाँको खानेपानीको दीर्घकालीन समस्या समाधान गर्न २१ करोडको लागतमा टेण्डरमार्फत काम अघि बढाइएको नगर प्रमुख विशाल शर्माले बताए । खानेपानीको समस्यासँगै सिँचाइको समेत अभाव हुँदा यहाँका खेतीयोग्य उर्वर जमीन समेत बाँझै छन् ।
रासस

प्रकाशित मिति : २२ भाद्र २०७५, शुक्रबार ००:००