२० कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हचुवाको भरमा कर नउठाउन उपाध्यक्ष कँडेलको सुझाव

लेखक स्थानीय खबर २२ भदौ २०७५, शुक्रबार १ मिनेट पढाइ

भदौ २२, काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेलले हचुवाका भरमा नभई अध्ययन गरेर मात्र कर संकलन गर्न स्थानीय तहलाई आग्रह गरेका छन् ।

उपाध्यक्ष कँडेलले सिन्धुली जिल्ला समन्वय समितिद्वारा आयोजित अन्तरकृया कार्यक्रममा जनतालाई समस्या नपर्ने गरी कर लगाउने कुरामा ध्यान दिन स्थानीय तहलाई आग्रह गरेका हुन् ।

उनले सिन्धुली जिल्लामा निर्माण हुने ठूला राष्ट्रिय गौरवका आयोजनाको आजै निरीक्षण पनि गरेका छन् । सुनकोसी–मरिन डाइभर्सन र खुर्कोट–चियाबारी सुरुङमार्ग तथा विभिन्न पुलको निरीक्षण गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै शुरु गरेर सम्पन्न गरिनुपर्ने बताए ।

मध्यपहाडी लोकमार्गको हेटौँडा–चतराखण्डको समेत अवलोकन गर्दै उपाध्यक्ष कँडेलले यी परियोजना समयमै सम्पन्न गर्न सबै पक्षको सहयोगको जरुरी रहेको बताए । रासस 

प्रकाशित मिति : २२ भदौ २०७५, शुक्रबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।