शर्मिला पाठक भदौ २६, काठमाडौं । रोक लगाइएको पाँच महिना बितिसक्दा समेत नक्शा पासका लागि प्रक्रियामा नआउँदा नेपाल खाद्य संस्थानको व्यापारिक भवन निर्माण अवरुद्ध भएको छ । संस्थानको भद्रकालीस्थित सात रोपनी जग्गामा व्यावसायिक भवन नक्शा पास नै नगरी नियम विपरीत निर्माण गरेको पाएपछि काठमाडौं महानगरपालिकाले गत वैशाखमा तत्काल निर्माण रोकी नक्शा पास गर्न भनेको…