२ पुस २०८२, बुधबार | Thu Dec 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौतारामा लिफ्टबाट खानेपानी वितरण गरिने



भदौ २३, चौतारा । खानेपानीको चरम अभाव झेलिरहेका सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा लिफ्टिङ प्रबिधीबाट पानी बितरण गरिने भएको छ । नगरपालिकाको ३ वटा वडालाई समेट्ने गरी आयोजना निर्माण हुनेछ ।

‘जाडेखोला, टुनिकोट हर्रे साँगाचोक लिफ्टिङ खानेपानी आयोजना’ २ वर्षभित्र सम्पन्न गर्नेगरी सगरमाथा कन्ट्रक्सन कम्पनीले १५ करोड ६८ लाखमा निर्माणको ठेक्का पाएको छ ।

सो आयोजनाबाट साविकको साँगाचोक गाविस र नगरपालिकाको १०, ११ र १२ वडाका २ हजार २२३ घरधुरीलाई स्वच्छ पिउने पानी वितरण हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यलयका प्रमुख लक्ष्मी उपाध्यायले जानकारी दिईन् ।

चार तहबाट इन्टेकदेखि १ हजार १०० मिटरको उचाइमा रहेको हर्रे डाँडास्थित ट्याङ्कीमा विजुलीबाट तानिएको पानी सङ्कलन गरेर शुद्धीकरणका लागि प्रशोधन केन्द्रसमेत बनाइने भएको छ ।

पानी सङ्कलनका लागि ५० हजारदेखि २ लाख लिटर क्षमताका १४ वटा ट्याङ्की निर्माण गरिनेछ । निर्माण पछि एक वर्षसम्म सो आयोजना ठेकेदारले नै सञ्चालन गरेर उपभोक्ता समितिलाई हस्तान्तरण गरिनेछ । उपभोक्ता समितिमार्फत प्रत्येक घरमा निजी धारा वितरण गरिने र यसका लागि प्रत्येक घरले १० प्रतिशत जनदान व्यहोर्नुपर्ने भएको छ । रासस

प्रकाशित मिति : २३ भाद्र २०७५, शनिबार ००:००