भदौ २९, तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको छ । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने भएको हो । यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकामा ठेकेदारले आफूखुशी कर लिएको भन्दै…