१६ मंसिर २०८२, सोमबार | Mon Dec 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाग्लुङ नगरपालिकाले कर घटायो



भदौ ९, बाग्लुङ । बागलुङ नगरपालिकाले १५ प्रकारका व्यवसायमा लाग्ने कर घटाएको छ । दैनिक उपभोग्य सामान (थोक विक्री), अफसेट प्रेस, बस, ट्रक बिक्रेता, गाईभैसी फार्मलगायतका व्यवसायमा करको दर घटाएको हो ।

गत आर्थिक बर्षमा दैनिक उपभोग्य सामान थोकमा ७ हजार रुपैयाँ कर लिएकोमा यसबर्ष ५हजार ५ सय रुपैयाँ तोकेको छ । त्यस्तै अफसेट प्रेसको १० हजार रुपैयाँबाट ७ हजार रुपैयाँ, बस, ट्रक बिक्रीमा १२ हजार रुपैयाँबाट १० हजार रुपैयाँ कायम गरिएको छ ।

यसैगरि गाईभैसी फार्ममा १ हजार ५ सय रुपैयाँ लिँदै आएकोमा यो बर्ष १ हजार रुपैयाँ मात्र कायम गरिएको छ । कपडा तथा छाला जुत्ता मर्मत, सिलाइ केन्द्र, स्वदेशी शैलुन, पोल्टी फार्म, कपास ‘रिसाइक्लिङ’मा पनि कर घटाइएकोे छ ।

जनजीवनसँग प्रत्यक्ष जोडिएका व्यवसायमा कर घटाइएको नगरपालिकाका उपप्रमुख एवं राजश्व परामर्श समितिका संयोजक सुरेन्द्र खड्काले बताए ।

नगरसभाको निर्णयअनुसार गत आवमा तोकिएको करलाई समायोजन गरिएको खड्काले बताए ।नगरपालिकाले कतिपय व्यवसायमा भने चालु आवमा कर वृद्धि गरेको छ । १३प्रकारका व्यवसायमा गत वर्षको तुलनामा यो वर्ष कर बढाइएको हो ।

सबैखाले उत्पादनका वितरक, डिलर, फेसन, ज्वेलर्स, रङ्गरोगन, सीसा, प्लाइ, फेन्सी, कपडा तथा छाला जुत्ता, ग्रील उद्योग, मदिरा फलफूल तथा तरकारी, पशुपंक्षी दाना पसल लगायतमा पनि कर बढाईएको छ ।

स्थानीय तहले करको बोझ बढेको गुनासो बढिरहेको बेला उक्त नगरपालिकाले भने केही राहत दिलाउने काम गरेको छ । सर्वसाधारणको मनोभावना बुझेर सेवा तथा सिफारिशलाई निःशुल्क बनाइएको उपप्रमुख खड्काले बताए । “बाहिर सुनिएजस्तो गरी करको बोझ थपिएको छैन,” उनले भने, “कर प्रणालीलाई प्रगतिशील बनाउनतिर लाग्छौँ ।”

व्यवसायीसँग समन्वय गरेर नै करलाई व्यवस्थित गरिने जानकारी दिँदै नगर प्रमुख जनकराज पौडेलले नगरपालिकाले उठाउने करको केही हिस्सा व्यवसायीकै हितमै खर्च भइरहेको बताए । उनले भने, “कर वृद्धिमा भन्दा दायरा बढाउनेतिर हाम्रो जोड छ ।” रासस

प्रकाशित मिति : ९ भाद्र २०७५, शनिबार ००:००