१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको चन्दननाथ नगरपालिकाले लगानी सम्मेलन गर्ने



भदौ १०, काठमाडौं । जुम्लाको चन्दननाथ नगरपालिकाले पहिलो पटक लगानी सम्मेलन गर्ने भएको छ । जुम्लामा औद्योगिक विकास गर्नका लागि लगानी जुटाउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागिएको हो ।

नगरपालिकाले पत्रकार सम्मेलन गरेर यसबारे जानकारी गराएको हो । स्वदेशी तथा विदेशी पर्यटकको आकर्षणको केन्द्रका रुपमा रहेका शे–फोक्सुण्डो र रारा ताल नगरपालिका नजिकै पर्दछ ।

आगामी भदौ २९ गते कर्णाली प्राविधिक शिक्षालयमा ‘विकास सामथ्र्यको उजागर’ भन्ने नाराका सम्मेलन सुरु हुने नगरप्रमुख कान्तिका सेजुवालले जानकारी दिइन् ।

सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्प कँडेलसहित प्रतिष्ठित उद्योगी व्यवसायी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा दातृ निकायका प्रतिनिधि, बैँक तथा वित्तीय संस्थाको प्रतिनिधित्व हुने उनले जानकारी दिईन् ।

२० हजार जनसंख्या रहेको नगरपालिकामा पुग्ने पर्यटकले शे–फोक्सुण्डो तथा रारा ताल, सिन्जा सभ्यता एक दिनको हिँडाइमा भ्रमण गर्न सकिने जानकारी पनि पत्रकार सम्मेलनमा दिइएको थियो । “अन्य स्थानीय तहले भन्दा हामीले थोरै कर निर्धारण गरेका छौ । जुम्लामा लगानी गर्नेलाई नगरपालिकाले करमा भारी छुट दिनेछ,” उनले भनिन् । रासस

प्रकाशित मिति : १० भाद्र २०७५, आइतबार ००:००