मङ्सिर २, म्याग्दी । म्याग्दीको दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका–६ पाखापानीको कोटगाउँमा शनिबार सम्पन्न एकीकृत घुम्ती शिविरबाट २०० जनाभन्दा बढी लाभान्वित भएका छन् । गाउँपालिका र वडा कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालयको आयोजनामा सम्पन्न शिविरबाट २०६ जनाले गाउँमै नागरिकता, ज्येष्ठ नागरिक परिचयपत्र, स्वास्थ्य उपचार, तस्वीरसहितको मतदाता नामावली दर्ता लगायतका सेवा पाएका छन् । जिल्ला…