१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इन्द्रावती नदीमा डुबेर वडाध्यक्षको मृत्यु



 

स्थानीय खबर, १ मंसिर । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नं. ८ का अध्यक्ष धनबहादुर श्रेष्ठको नदीमा डुबेर मृत्यु भएको छ । गाउँपालिकाका अध्यक्ष बंशलाल तामाङले इन्द्रावती नदीमा डुबेर श्रेष्ठको मृत्यु भएको जानकारी दिए ।

तामाङका अनुसार इन्द्रावती गाउँपालिका वडा नं. ११ को होस्टे दोभानमा पर्ने इन्द्रवती नदीमा श्रेष्ठको मृत शरिर तैरिरहेको अवस्थामा फेला परेको थियो । विहानदेखि सम्पर्कविहीन श्रेष्ठको मृत शरिर दिउँसो अपह्रान्न स्थानीयवासीले देखेका थिए ।

तामाङका अनुसार साँझ प्रहरीले सनाखत गरेपछि श्रेष्ठ नै भएको पुष्टी भएको छ । ६६ बर्षीय श्रेष्ठ नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन् ।

“दिउँसो उहाँकै मृत शरिर हो कि, भन्ने आशंका थियो,” तामाङले शनिबार साँझ भने, “प्रहरीको सनाखत पनि वडाध्यक्ष श्रेष्ठ नै भएको पुष्टी भएको छ ।”

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ००:००