कात्तिक २२, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दुका बासिन्दाले चन्दा सङ्कलन र श्रमदान गरेर सामुदायिक सभाहल निर्माण गरेका छन् । स्थानीयवासी, देशका विभिन्न शहर र प्रवासमा रहेका किन्दुवासीको सहयोगमा एककोठे सभाहल सहितको भवन बनाएका हुन् । ७ लाख ४४ हजार रुपैयाँको लागतमा सभाहल निर्माण गरिएको स्थानीयवासी सुनदेवी तिलिजाले बताइन् । सभाहलसहितको सामुदायिक भवन निर्माण भएपछि…