१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मोदीमा निर्माणाधिन चिस्यान केन्द्र भवन अधुरै



 

कात्तिक ३०, कुश्मा । मोदी गाउँपालिका २ कृषि उत्पादन सङ्कलन गर्ने उद्देश्यका साथ निर्माण गरिएको चिस्यान केन्द्र (शीतभण्डार) अधुरै रहेको छ । बजेट अभावका कारण निर्माण पूरा हुन नसकेको हो ।

चिस्यान केन्द्र अधुरै रहेपछि उत्पादन गरेको वस्तु भण्डार गरी आम्दानी गर्ने कृषकको इच्छा तत्काल पूरा नहुने भएको छ । आर्थिक वर्ष २०७३/७४ देखि चिस्यान केन्द्र निर्माण शुरु भएको हो । अहिले बजेट अभावका कारण सो कार्य अलपत्र छ । स्थानीयवासी खेमबहादुर हमालले उपलब्ध गराएको पाँच आना जग्गामा सो चिस्यान केन्द्र भवन निर्माण थालिएको हो ।

निर्माण समितिका अध्यक्ष गङ्गा तिमिल्सिनाका अनुसार शुरुको वर्ष ५० लाख विनियोजन भए पनि २४ लाखभन्दा बढी बजेट प्राप्त हुन सकेन । “बजेट थप आएपछि काम शुरु गर्ने योजना छ”, उनले भने । बजेट अभावले काम रोकिएपछि कृषक निराश छन् । एक वर्षमै काम सक्ने लक्ष्यका साथ चिस्यान केन्द्र निर्माण थालिएको हो ।

अहिलेसम्म खर्च गरेर बनाइएको संरचना जीर्ण बन्दै गएको छ । थप बजेट आउने वा नआउने कुनै टुङ्गो छैन । मोदी २ देउपुरका वडाध्यक्ष विकास तिमिल्सिना चिस्यान केन्द्र निर्माण गर्न बजेट विनियोजनको पहल भइरहेको बताए । मोदी गाउँपालिकाका देउपुर, देउराली, भुक, तिलाहार, राम्जादेउराली, लेस्पार र क्याङ कृषिजन्य वस्तु उत्पादनका पकेट क्षेत्र हुन् ।
रासस

प्रकाशित मिति : ३० कार्तिक २०७५, शुक्रबार ००:००