१० चैत्र २०८०, शनिबार | Sun Mar 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपालगञ्जमा गाडीको हर्न निषेध



मंसिर १, बाँके । नेपालगञ्ज उपमहानगरपालिका निषेधित क्षेत्र (नो हर्न) घोषणा भएको छ । ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले उपमहानगरभित्र हर्न बजाउन निषेध गरेको हो । ‘नो हर्न’ अभियानअन्तर्गत शनिबारदेखि हर्न बजाउन रोक लाएको छ ।

नेपालगञ्जलाई ध्वनि प्रदूषणमुक्त नगर बनाउन हर्न प्रतिबन्ध लगाइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक हिरेन्द्र रोकायले बताए ।

उनका अनुसार मंसिरभर अभियान सफल पार्न संघसँस्था र सरोकारवाला निकायबीच समन्वय गरेर अभियान सञ्चालन गरिनेछ । निषेधित क्षेत्र घोषणा गर्दै बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले अभियान सफल पार्न सबैलाई आग्रह गरे ।

अब सवारी साधनले हर्न बजाए १ हजार ५०० जरिवाना गरिनेछ । “बढ्दो ध्वनि प्रदूषणले चुनौती थपेको छ । बजारमा हिँड्दा सवारी साधनको हर्नका कारण केही सुनिदैन,’’ प्रहरी निरीक्षक रोकायले भने, “त्यसैले नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो ।” रासस

प्रकाशित मिति : १ मंसिर २०७५, शनिबार ००:००