सोलुखुम्बु । सोलुखुम्बुको एक नगरपालिका र सात गाउँपालिकामा पहिलो किस्ताको बजेट निकासा भएको छ । निर्वाचित जनप्रतिनिधिले कामसमेत शुरु गरिसकेका स्थानीय तहमा समानीकरण तथा चालुतर्फको बजेट निकासा गरिएको कोष तथा लेखा नियन्त्रकको कार्यालय सोलुखुम्बुका सूचना अधिकारी युवराज थापाले जानकारी दिए । सूचना अधिकारी थापाका अनुसार सोलुदूधकुण्ड नगरपालिकामा पहिलो किस्ता बापतको रकम रु ११ करोड ५५…