घोराही । निर्माणाधीन लमही–कोइलाबासको जङ्गल क्षेत्रमा भर्खरै गरिएको कालोपत्र सडक चिराचिरा परेर फाटेको छ । केही दिन पहिलेको वर्षाले हुलाकी राजमार्गअन्तर्गत हालै निर्माण गरिएको कालोपत्र फाटेर सडक नै धस्सिएको हो । निर्माण नसकिँदै भत्किन थालेपछि स्थानीयले विरोध जनाएका छन् । स्थानीयवासी मेघबहादुर चौधरीले निर्माण व्यवसायीको कमसल कामका कारण यस्तो भएको आरोप लगाए । उनले सडक…