८ असार २०८२, आइतबार | Sun Jun 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारी वर्षाका कारण सडक भासिँदा सिंगो बस्ती उच्च जोखिममा




जाजरकोट । निरन्तरको भारी वर्षाका कारण सडक भासिँदा यहाँको एक गाउँ उच्च जोखिममा परेको छ । नलगाड नगरपालिका ८ का १८ घर पहिराको जोखिमा रहेका छन् ।

मन्मै–काव्रा सडकखण्डअन्तर्गत पर्ने सीमास्थित पहिरा जाँदा तल्लो सीमाका १८ घर जोखिममा परेका हुन् । प्राविधिकको सल्लाह बिना डोजरले वडाध्यक्ष गोविन्द शाहीले आफैँ निर्माण गरेको उक्त सडकका कारण अहिले यहाँका स्थानीयवासीको उठिवासको अवस्था आएको बताइएको छ । दिनमा घरमा बस्ने तर राति भएपछि घर छाडेर छिमेकी गाउँमा गएर रात बिताउने गरेको पीडित हरिबहादुर विकले बताए ।

प्राविधिकको सल्लाह बिना खनिएको सडकका कारण सडक भासिँदा स्थानीयवासी धनकुमारी विक, हरिबहादुर विक, लालबहादुर विक, कल्पना विक, अनन्त विक, गोरखबहादुर विक, कर्णबहादुर विक, टेकबहादुर विक, अमृता विक, हस्ते कामी रत्नबहादुर विक, मनबहादुर विक, टेकबहादुर खत्री, मोतिप्रसाद खत्री र नरबहादुर खत्रीका घरपहिराको जोखिममा रहेका नगर कार्यपालिका सदस्य नरबहादुर नेपालीले जानकारी दिए । रासस

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार ००:००