६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

टीकापुर नगरपालिकाका हरेक वडामा प्राविधिक जनशक्ति




टीकापुर । टीकापुर नगरपालिकाले सबै वडा र शाखामा कर्मचारीको सरुवा गरेको छ । कर्मचारी सरुवासँगै अब हरेक वडामा प्राविधिक जनशक्ति पनि पुगेको छ । वडा नं १ र ५ बाहेकका अन्य ७ वटा वडाका सचिव सरुवा भएका छन् भने नौ वटै वडाका लागि एक एक जना प्राविधिक पनि तोकिएका छन् । पछिल्ला १२ वर्षदेखि कर्मचारीको सरुवा भएको थिएन ।

नगरपालिकाका वडामा यसअघि योजनाको स्टिमेट र अनुगमन नगरपालिका केन्द्रबाटै गर्दा उपभोक्ता समितिलाई समयमै योजनाको स्टिमेट पाउन र काम शुरु गर्न समस्या भइरहेको थियो । प्राविधिक वडा मै राख्ने निर्णयले वडावासीलाई सहयोग पुग्ने भएको छ ।

उपभोक्ता हित संरक्षण मञ्चका नगर उपाध्यक्ष पे्रमप्रसाद भट्टराईले प्राविधिकलाई वडा कार्यालयमा पठाउनु नगरपालिकाले नागरिकलाई सेवा दिन गरेको राम्रो काम मध्येको एक भएको प्रतिक्रिया दिए । टीकापुर बहुमुखी क्याम्पसका ग्रामीण विकासका उपप्राध्यापक मीनबहादुर शाहीले भने, “प्राविधिक सेवा लिन केन्द्रमै आउनुपर्ने बाध्यताले हैरान वडावासीको मुख्य माग प्राविधिक सेवा वडामै होस् भन्ने थियो यो नगरपालिकाले जनअपेक्षाअनुसार गज्जव निर्णय लियो ।”

नगरपालिकाको उद्योग सहकारी, उपभोक्ता हित संरक्षण, सार्वजनिक खरीद तथा सम्पत्ति व्यवस्थापन राजश्व, वातावरण, सरसफाइ तथा विपद् व्यवस्थापन शाखा र नगरप्रमुख तथा उपप्रमुखको सचिवालयका कर्मचारीको पनि सरुवा भई काम शुरु गरिएको प्रशासन शाखाका खरिदार कमला पोखरेलले जानकारी दिइन् । रासस

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार ००:००