२० कार्तिक २०८१, मंगलबार | Tue Nov 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एक घर एक धाराको नीति कार्यान्वयन नहुदा डोकोको भरमा खानेपानी




पाल्पा । सरकारले एक घर एक धाराको नीति ल्याएपनि कार्यान्वयन हुन नसक्दा डोको र नाम्लोको भरमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता हटेको छैन । तानसेन १२ को मौवरडाडामा जिल्ला सदरमुकामको चहलपहल हुने क्षेत्रदेखि करीब तीन चार किलोमिटर नजिकैको दूरीमा खानेपानीको चर्को समस्या रहेको छ ।

बाहै्र महीना उकालोमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता नहटेको स्थानीयवासी फूलमाया विकले गुनासो पोखिन । “न हिउँद भन्नु छ, न वर्षायाम डोकोमा ग्रागी हालेर पानी बोक्नुपर्ने बाध्यता हटेको छैन” विश्वकर्माको भनाइ छ । पसिनै पसिना हुँदै पानी बोकेर ल्याउनुपर्छ, बोकेर ल्याएको पानी पर्याप्त नहुने विश्वकर्माको भनाइ छ ।

तानसेन क्षेत्र रहेको बस्तीमा वर्षायाममा पनि १५ मिनेट जति ओरालो झरी पानी बोकेर उकालो बाटो ल्याउनुपर्ने बाध्यता नहटेको विश्वकर्माको झै स्थानीय बासिन्दाको गुनासो छ ।

हिउँद महीनामा पानी पाइँदैन, ३० मिनेट तल खोलामा झरे नुहाउनु र कपडा धुनुपर्ने र खानेपानी ल्याउनु पर्ने बाध्यता छ । स्थानीय पृथ्वीसिंह विश्वकर्माले स्वदेशमा केही गरौँ भनेर कुखुरापालन व्यवसायमा हात हाले । पछि कुखुरापालनका लागि पानी नहुँदा सो व्यवसायबाट विस्थापित हुनु परेकोमा दुखित छन् । “हाम्रो समस्या कस्ले बुझ्छ र, गाउँमा बसेर केही गरौँ भन्ने सोचेर पहिला कुखुराको पालन गर्न थाले पनि अहिले पानीका अभावमा रोकिएको छ ।” उनले भने । गर्मी मौषममा पानी नै हुँदैन कुखुरालाई कसरी पु¥याउने भन्ने समस्या छ ।

तानसेन नगरपालिका क्षेत्रमा डोकोमा पानी बोकेर खानेपानी समस्या मात्र होइन, यहाँ खेतीयोग्य जमीनमा किसानले उत्पादन गरेको अन्नबालीसमेत बाँदरले नष्ट गरेको छ । करीब १८ घर परिवार रहेको यो बस्तीमा दुई जना मगर र अन्य दलित समुदाय बसोबास गर्छन । दलित बस्तीमा मोटरबाटोको समेत पहुँच नहुँदा व्यवसाय गर्न समस्या रहेको छ । तानसेन नगरपालिका १२ का वडा सदस्य पविसरा विश्वकर्माले खानेपानी र सडकका लागि पहल भएको र आयआर्जनका लागि यस आवमा कार्यक्रम सञ्चालन गर्ने बताइन् । रासस

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार ००:००