१९ कार्तिक २०८३, बुधबार | Wed Nov 4 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जुम्लाको स्याउ नेपालगञ्जमा

लेखक स्थानीय खबर/संवाददाता २ भाद्र २०७६, सोमबार १ मिनेट पढाइ

नेपालमा जुम्लाको स्याउको खुबै नाम छ । अर्गानिक भएकाले जुम्ली स्याउ प्रख्यात छ । जुम्ली स्याउको प्रमुख बजार नेपालगञ्ज हो । अहिले बजारमा जताततै जुम्लाको स्याउ बिक्री भइरहेको छ ।

चीन र भारतको स्याउ बढी खपत हुने गरेको नेपालगञ्जमा अहिले जुम्लाको स्याउले राम्रै बजार पाएको छ ।

नेपालगञ्जका फलफूल व्यापारी अहिले जुम्लाको स्याउ बिक्री गर्नमा व्यस्त छन् । जुम्लासम्म मोटरबाटो पुगेकाले अहिले सडकमार्ग भएर स्याउ ढुवानी गर्न थालिएको छ ।

शुरुआती चरण भएकाले दैनिक एक ट्रक स्याउ ढुवानी हुने गरेको स्याउ व्यापारी बताउँछन् । नेपालगञ्जस्थित गुरुद्वारा रोडमा रहेको नेपाल फलफूल सागसब्जीको थोकमण्डीमा जुम्ली स्याउ खरिद बिक्री भइरहेको छ ।

यहीँबाट फुटकर बिक्रेताले किनेर अन्य ठाउँमा स्याउ बिक्री गर्ने गरेको खुद्रा व्यापारी असलम अन्सारीले बताए ।

स्याउले नेपालगञ्जमा राम्रो बजार पाएपछि जुम्लाका किसान लाभान्वित भएका छन् । नेपाल फलफूल सागसब्जी व्यवसायी सङ्घ नेपालगञ्जका सदस्य मेराइलाल साहु भन्छन्, “जुम्लाबाट एकै जातको स्याउ तीन वर्गमा विभाजित गरी नेपालगञ्ज ल्याउँछौँ ।”

नेपालगञ्जका व्यापारीले उक्त स्याउ बर्दिया र कैलालीसम्म बिक्री हुने गरेको छ । नेपालगञ्जमा अहिले जुम्लाको स्याउ प्रतिकिलो रु १०० देखि रु १५० सम्ममा बिक्री हुने गरेको फलफूल व्यापारी मोहम्मद नसिमले बताए ।

जुम्लाको स्याउ अहिले बजारमा ठूलो, मझौला र सानो ग्रेडिङ गरेर बिक्री भइरहेको छ । रासस

प्रकाशित मिति : २ भाद्र २०७६, सोमबार

प्रतिक्रिया ०

यो समाचारबारे तपाईंको धारणा लेख्नुहोस्। सभ्य र सम्मानजनक भाषा प्रयोग गर्नुहोस्।

अहिलेसम्म प्रतिक्रिया आएको छैन। पहिलो प्रतिक्रिया तपाईंको होस्।

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि देखिन्छ।