१४ पुस, काठमाडौं । पूर्वाधार विकासमा हुने ढिला सुस्तीजस्ता समस्याले विकासमा बाधा पु¥याएकाले यसबारे राजनीतिक नेतृत्वले स्पष्ट विचार बनाउनु पर्नेमा सरोकावालाहरूले जोड दिएका छन् । राष्ट्रिय योजना आयोगले आज आयोजना गरेको यातायात पूर्वाधारमा नीति विषयक सम्वाद कार्यक्रमका वक्ताहरुले राजनीतिक नेतृत्व स्पष्ट हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । राजनीति सबैलाई डो¥याउने मियो भएकाले पूर्वाधार विकासमा आइपरेका…