२६ पुस, बाबियाचौर । बजेट कटौती भएपछि म्याग्दीका ६ वटा ग्रामीण सडकको निर्माण कार्य अलपत्र परेको छ । सडक डिभिजन कार्यालय बागलुङमार्फत आव २०७३/७४ मा बजार केन्द्र तथा पर्यटकीय महत्वका सडक कार्यक्रमअन्तर्गत सञ्चालित आयोजना अलपत्र परेको हो । दरवाङ–देवीस्थान–धारापानी–ताकम–ढोरपाटन सडकअन्तर्गत पुरानो सडक स्तरवृद्धिका लागि र मुनादेखि मार्ग खोल्न दुई वटा छुट्टाछुट्टै आयोजना सञ्चालन भएको थियो…