सन्तोष पुर्कुटीः ताप्लेजुङ, ७ वैशाख । नियमित फोहोर संकलन नहुँदा ताप्लेजुङ सदरमुकाम दुर्गन्धित बन्दै गएको छ । सदरमुकामभित्रका घर, पसलअगाडि फोहोरका थुप्रा बढ्दै गएका छन् भने सार्वजनिक ठाँउमा समेत फोहोर थुप्रिदै गएको छ । बजार क्षेत्रका तरकारी तथा फलफूल पसलमा बेच्न राखिएका खाद्य वस्तुसंगै जोडेर फोहोरले भरिएका बोरा राख्न थालिएको छ भने जिल्ला समन्वय समितिको…