६ चैत्र २०८०, मंगलबार | Tue Mar 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१० लोपोन्मुख आदिवासी जनजातिः जसले पाउँछन् प्रतिव्यक्ति महिनाको २ हजार रुपैयाँ भत्ता



स्थानीय खबर संवाददाता 

काठमाडौं, १९ मंसीर 

सरकारबाट प्रतिव्यक्ति २ हजार रुपैयाँका दरले मासिक भत्ता पाउने लोपोन्मुख आदिवासी जनजाति कुन कुन होला ? 

केन्द्रीय पञ्जिकरण विभागका उपसचिव शालिग्राम रिजाल भन्छन्, “सामाजिक सुरक्षा भत्ता पाउने लोपोन्मुख आदिवासी जनजातिहरूमा कुसुन्डा, राउटे, हायु, किसान, मेचे, वनकरिया, सुरेल, राजी, लेप्चा र कुशवाडिया छन् ।” कुशवाडियाभित्र पनि पत्थरकट्टा, शिलकट, कशबधिया र कुचबधिया छन् ।

लोप हुने खतरामा रहेका यी १० जातिको जनसंख्या २३ हजार ३ सय ४६ छ । केन्द्रयि तथ्यांक विभागका अनुसार कुसुन्डाको जनसंख्या २७३ मात्रै छ । यसैगरि राउटे जाति ६१८, हायु २ हजार ९ सय २५, कुशवाडिया ३ हजार १८२, लेप्चा ३ हजार ४४५, मेचे ४ हजार ८६७ र राजी ४ हजार २३५ छन् ।

विभागले २०६८ मा प्रकाशित गरेको तथ्यांकमा सुरेल र किसानको जनसंख्या उल्लेख छैन । सरकारले सबै उमेर समुहका लोपोन्मुख जातिका नागरिकलाई मासिक २ हजार रुपैयाँका दरले संरक्षण भत्ता दिँदै आएको छ । 

“यो र ऊ भन्ने नै छैन, सरकारले यी १० जातिका सबै नागरिकलाई महिनाको २ हजार भत्ता दिँदै आएको छ,” रिजाल भन्छन्, “लोप हुन लागेको जातिलाई संरक्षण गर्नु राज्यको दायित्व हो, त्यही भएर भत्ता दिइएको हो ।”

प्रकाशित मिति : १९ मंसिर २०७३, आइतबार ००:००